काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गर्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी दिए।
अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ४१४ रहेको छ। उनले भने, ‘सक्रिय संक्रमितको संख्या बढे धान्न सकिँदैन र मन्त्रालयले फेरि लकडाउनका लागि सिफरिस गर्छ ।’
उनले कोरोनाको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गरिने बताए ।