काठमाडौँ – नेपालको निजी औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने फ्याभिपिराभिर २०० को उत्पादन शुरु गरेको छ । हालसम्म कोरोना भाइरसविरुद्धको कुनै खोप र औषधि पत्ता नलागेपनि फ्याभिपिराभिर जस्ता औषधिहरु विकल्पका रुपमा प्रयो हुँदै आएका छन् ।


ADVERTISEMENT


सरकार र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुमति लिई नेपालमै यसको उत्पादन सुरु गरिएको कम्पनीका सञ्चालक हरिभक्त शर्माले जानकारी दिए ।
‘कोरोनाले मानव स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर परेकामा हामीले यसको वैकल्पिक औषधीको अभाव कसैलाई नहोस् भनेर उत्पादन सुरु गरेका हौं,’ उनले भने ।


ADVERTISEMENT

# # #


हालसम्म यो औषधीको वैकल्पिक प्रयोगका लागि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले क्लिनिकल प्रयोगका लागि अनुमति दिएका छन् ।