वीरगञ्ज- होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको घरमा पर्साको वीरगञ्ज महनगरपालिकाले स्थानीयलाई सतर्क रहन सूचना टाँस गरेको छ । संक्रमित बारे स्थानीयलाई जनाउ दिन महानगरपालिकाले ‘कोभिड–१९ पोजेटिभ केशको घर, होम आइसोलेशन सतर्क रहौँ’ लेखिएको सूचना टाँसेका हुन् । बुधबारसम्ममा ३० वटा घरमा यस्तो सूचना टाँस गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोका अनुसार कोभिड अस्पतालको चाप कम गर्न लक्षण नभएका कोरोना संक्रमितलाई घरमै होम आइसोलेशनमा राखिएको बताउनुभयो ।
ताजा खबर
- ‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
- विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण गर्न गृह मन्त्रालयको आग्रह
- इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङले लिए अग्रता
- यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
- बझाङ उपनिर्वाचन : नेकपा एमालेका उम्मेदवार भण्डारीको अग्रता कायमै