काठमाडौँ – जनता बैंकको नक्कली चेक तयार गरि बचतकर्ताको रकम चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल–३ का १९ वर्र्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अञ्जन बराल, काभ्रेपलान्चोककै बागलुङ्गगलकोटका २५ वर्षीय सुमन पौडेल र ज्यामिरेका ३० वर्षीय गोबिन्द घिमिरे छन् ।


ADVERTISEMENT

# # #


जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा मेसेज आएपछि गत मङ्सिर ८ गते प्रहरीलाई उजुरी गरेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सूचना प्राप्त गर्न साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेका थिए ।

पीडितको खाता जाँच गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भइ नयाँ चेकबाट पैसा निकाल्न सफल भएको पाइएको थियो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको एसएसपी सुवेदीले जानकारी दिए।