काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नसच्चिए कांग्रेस किंवदन्ती हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


बुधबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले १२ बुँदे शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजा प्रसाद कोइरालाको पार्टी कांग्रेसले झुटो बोल्ने र बेइमानीपूर्ण कुरा गरेको देख्दा आफूलाई चिन्ता लागेको टिप्पणी गरे । संविधान निर्माणमा अग्रभूमिका खेलेको कांग्रेस सारै तल खसेको आफूलारुई मन नपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


नसुध्रिने हो भने कांग्रेस इतिहासको एउटा किंवदन्ती हुने प्रचण्डले दाबी गरे । ‘अलिकति संघीय लोकतान्तिक गणतन्त्रको मर्मलाई पक्रिने कोसिस गर्नुहोस् । होइन भने तपाईहरु जसरी ओरालो लाग्नुभएको छ, यही बुद्धि हो भने नेपालको इतिहासमा नेपाली कांग्रेस यस्तो थियो भन्ने ठाउँमा पुग्न कत्ति बेर छैन ।’ प्रचण्डले व्यंग्य गर्दै प्रचण्डले भने, ‘के इतिहासको कथा बन्न मन लागेको हो त ?’ । तर, त्यस्तो नभएर प्रतिपक्ष पनि राम्रै ठाउँमा होस् भन्ने चाहेको उनले बताए ।

कालापानीका विषयमा राष्ट्रिय एकता बनेको अवस्थामा कालापानीको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसै रात पार्ने काम गरेको उनले बताए । यसअघि देउवाले भारतले प्रधानमन्त्री ओलीसंग मिलेर नै कालापनी समेटिएको नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । कांग्रेसको अभिव्यक्ति देख्दा आफूलाई दया लागेको प्रचण्डको भनाई थियो ।

‘हिजो तपाईहरुले सुन्नु भएकै होला गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले नेपाल म तपाईंकै जिम्मामा छोड्दैछु भनेको कुरा म झल्झिली सम्झिन्छु ।’ प्रचण्डले भने, ‘शेरबहादुर देउवाजीले यस्तो उट्पट्याङ्ग कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देख्दा मलाई टिठ लागेको छ ।’

राष्ट्रिय सम्पत्ति कौडीको मूल्यमा बेचेको कांग्रेसले नेकपाले उद्योगभन्दा बेच्यो भन्नु हास्सास्पद हुने उनले बताए । ‘जसले भृकुटी कागज कारखाना कौडीको मूल्यमा बेचेर राष्ट्रिय उद्योग धराशायी बनायो, त्यही पार्टीका नेताले राष्ट्रिय उद्यागको बारेमा कुरा गर्नु भनेको यो भन्दा हास्यास्पद र सुन्न नसकिने के हुन सक्छ ?’ उनले भने । कांग्रेसले राजा महाराजाजस्तो आफूले फरमान जारी गरिदिएजस्तो त्यही हुन्छ भन्ने सोच्दा आफूलाई आश्चर्य लागेको उनले बताए ।

राजनीतिक अस्थिरताको शंकालाई खत्तम गरिदिएको भन्दै प्रचण्डले अब प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार पूरै पाँच वर्ष चल्ने बताए । ‘दुई चारदिन अघिसम्म कताकता सरकार पाँच वर्ष चल्ने हो कि होइन भन्ने चिन्ता नेपाली जनता र कार्यकर्ताको मनमा थियो । सचिवालयको बैठक बसेर त्यो संशय, आशंकालाई खत्तम गरिदियौँ । अब पाँच वर्ष सरकार चल्छ । यसको स्थिरतामा कुनै समस्या आउन दिइने छैन ।’

पार्टी एकताको सम्पूर्ण प्रक्रिया टुंगिएको उनले जानकारी दिए ।