Author: Himalaya Post

बौद्धमा भेटियो आधा जलेको अवस्थामा मानिसको खुट्टा

काठमाडौँ – काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ । मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै स्थानीयले मानिसको खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएको भनेर खबर गरेका थिए । घटनाबारे जानकारी हुनेबितिकै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । खुट्टा र घुँडाको भाग मात्रै फेला परेको र पोष्टमार्टमका लागि पठाइएको उनले बताए । उनले भने, ‘कनै ठाउँमा घटना घटाएर यहाँ ल्याएर फालेको जस्तो देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ । पोस्टमार्टट रिपोर्ट आएपछि बाँकी कुराहरु थाहा हुन्छ ।’...

Read More

मोबाइलफोनको असर : बालबालिकामा नकारात्मक प्रभाव, घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान

कैलाली – किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो । घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको...

Read More

हावाहुरीले घरको छानो उडायो, लाखौँको क्षति

सिन्धुली– सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ । छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए । यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उनले जानकारी दिए । यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७...

Read More

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन पक्राउ

काठमाडौँ – काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका छन् । नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका अन्य दुई जना भने भाग्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैधरूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन हेण्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने...

Read More

हुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली

तनहुँ – जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिए । “अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उनले भने, “हावाहुरीले विद्युत्का पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।” विद्युत्...

Read More