मनिराज जोशींद्वारा दश लाख राशीको साहित्य पुरस्कार स्थापना
फागुन १६ । धनगढीका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गर्नु भएको छ । आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उहाँका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा रु १० लाखको अक्षयकोष खडा गरी ‘मनिराज वाङ्मय अक्षय कोष’ खडा गरी पुरस्कार स्थापना गरिएको जानकारी दिए। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी (कैलाली)ले आयोजना गरेको साहित्यिक समारोहमा सो पुरस्कारको घोषणा गरिएको हो । कार्यक्रममा पुरस्कार सञ्चालनको जिम्मा पाएको नेपाली साहित्यिक तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशीलाई अक्षयकोष खडा गर्ने जोशी परिवारका सदस्यले कोषमा...
Read More