Author: Himalaya Post

नेपालका लागि भारतीय नयाँ राजदूतमा मन्जिभसिंह सिफारिस

काठमाडौँ, फाल्गुन १८ । भारतले नेपालका लागि नयाँ राजदूतको लागि मन्जिभ सिंह पुरीको नाम मनोनयन गरेको छ । उनको नाम नेपाल सरकारलाई जानकारी गराइएको नेपाल सरकारको उच्च स्रोत कान्तिपुरलाई बतायो । स्रोतका अनुसार भारत सरकारले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई उनको नाम जानकारी गराएको हो । उनी हाल युरोपियन युनियन, बेल्जियम र लक्जेम्बरका लागि भारतीय राजदूत छन् । परराष्ट्र सेवा, राजनीतिक तह वा सुरक्षा निकायबाट को आउने भन्ने बहसपछि अन्ततस् परराष्ट्र सेवा अनुभवी क्याडर नै नेपालका लागि राजदूतमा सिफारिस भएका छन् । नेपाल सरकारबाट अग्रिमा ९सहमति० गएपछि उनी नेपालका लागि भारतीय राजदूत हुनेछन् । आजै ९बुधबार० देखि नेपालमा भारतीय राजदूत...

Read More

किन भेटे एकै दिन प्रधानमन्त्रीसंग चिनिया र भारतीय राजदूतले ?

काठमाडौँ, फागुन १७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले आज बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुवै भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा वार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले राजदूत युसँगको भेटमा नेपाल र चीनबीच सम्पर्क विस्तार, पूर्वाधार विकास र पूर्व सम्झौताको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए । सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको र यसमा चीनको सकारात्मक सहयोग रहने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरेका थिए । उनले ‘वान बेल्ट वान रोड’ अन्तर्गत...

Read More

मधेसी मोर्चा र सत्तारुढ दलबिच बालुवाटारमा बैठक जारी

काठमाडौँ, फागुन १७ । स्थानीय तह निर्वाचनमा राजनीतिक सहमती जुटाउने प्रयास स्वरुप संविधान संसोधन, स्थानीय तहको निर्वाचनको वातवरण निर्माण लगायतका विषयमा आज सत्तारुढ दल काँग्रेस र माओवादीले मधेशी मोर्चाका नेताहरुसँग छलफल शुरु गरेका छन् । सहमती जुटेका विषयमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित बिषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सारेका प्रधानमन्त्री दाहालले थप छलफलका लागि मोर्चा सहितको त्रिपक्षिय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे १० बजेदेखि काँग्रेस, माओवादी र मोर्चाको संयुक्त वैठक शुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो साँझ मात्रै मधेशी मोर्चाका नेताहरुसँग तीन घण्टा लामो छलफल गरेका...

Read More

अवरोध भए निर्वाचनमा सेना परिचालन गर्नुपर्छ : बिजुक्छे

भक्तपुर, फागुन १६। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन्। रक्त सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा सांसद बिजुक्छेले स्थानीय निर्वाचन नगराउनका लागि विदेशी चलखेल सुरु भएको विचार व्यक्त गर्दै मुलुकभर एकैदिन सम्भव नभए खण्डखण्डमा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्दै सरकारले चाहेमा तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने...

Read More

दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु : प्रधानमन्त्री

काठमाडौँ, फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन् । आज दक्षिण एसियाका दलित सांसदसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक, सामाजिक र सांस्कृतिकलगायत राज्यको मूलधारबाट सदियौँदेखि किनारामा पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका मुद्दालाई गम्भीरताका साथ राष्ट्रसङ्घमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । दलित समुदायले भोगिरहेका समस्या उनीहरूको मात्र समस्या नभएर समग्र नेपालकै समस्या भएको हुँदा त्यसलाई विश्वव्यापी रुपमै सङ्गठित भएर अन्त्य गर्न दलित अधिकारको पक्षमा आवाज उठाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विसं २०१७, २०४६, २०६२÷०६२ मा भएका सङ्घर्ष र सशस्त्र द्वन्द्वलगायत मुलुक...

Read More