राप्रपाको मतदान प्रक्रिया सम्पन्न, को बन्ला अध्यक्ष ?
काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल मतदाता तीन हजार २८७ रहेकामा तीन हजार १२१ मत खसेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका थिए । आजबाट नै मत गणना सुरु गरिनेछ । निर्धारित समयभन्दा करिब छ घन्टापछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उम्मेदवारका अन्तिम नामावली प्रकाशन गर्न नसकिएकाले आज बिहानबाट हुनुपर्ने भनिएको मतदानको कार्यतालिकाअनुसार हुन नसकेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको...
Read More