Author: Himalaya Post

अयोगद्वारा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते प्रस्ताव

काठमाडौँ, फागुन ९ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको...

Read More

राप्रपाको मतदान प्रक्रिया सम्पन्न, को बन्ला अध्यक्ष ?

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल मतदाता तीन हजार २८७ रहेकामा तीन हजार १२१ मत खसेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका थिए । आजबाट नै मत गणना सुरु गरिनेछ । निर्धारित समयभन्दा करिब छ घन्टापछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उम्मेदवारका अन्तिम नामावली प्रकाशन गर्न नसकिएकाले आज बिहानबाट हुनुपर्ने भनिएको मतदानको कार्यतालिकाअनुसार हुन नसकेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको...

Read More

अवरुद्ध बिपी राजमार्ग खुला

सिन्धुली, फागुन ९ । शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए । अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ । राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बताए । साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई...

Read More

चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस(सूचिसहित)

काठमाडौँ, ९ फागुन । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ । सिंहदरबारमा सोमबार दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्ट्रेलियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर अस्ट्रेलिया प्याकुर्याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका...

Read More

देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ : राष्ट्रपति

फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्यबन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।” राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगत्मा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै “मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र...

Read More