Author: Himalaya Post

प्रधानमन्त्रीद्वारा मोर्चासहित ५ दलको बैठक आह्वान

काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो ४ बजेको लागि मधेसी मोर्चासहितको प्रमुख ५ दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चासहित नेपाली कांग्रेस, नेकपा, नेकपा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकलाई बैठकमा बोलाएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठक संशोधन प्रस्ताव र निर्वाचनको विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । मधेसी मोर्चाले संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नसक्ने बताउँदै आएको छ भने सत्तारुढ दलभित्रै संशोधनका विषयमा एकमतता रहेको छैन । यस्तो अवस्थामा कसरी निकास खोज्ने भन्ने विषयमा सहमति जुटाउने प्रयासस्वरुप प्रमले बैठक बोलाएको बुझिएको छ । हिजोमात्रै राप्रपा अध्यक्ष कमल थापाले...

Read More

आज कुनकुन क्याम्पसमा हुँदैछ स्ववियु निर्वाचन ?

काठमाडौँ, फागुन १७ । नेत्रविक्रम चन्द विप्लव निकटको अखिल क्रान्तिकारी, एमाले निकटको अखिल र नेपाली कांग्रेस निकटको नेविसंघको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २२ ओटा क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन भइरहेको हो । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन सुरु गरेको छ । जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिनुभयो । मतदान साँझ ४ बजेसम्म हुने छ । अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व...

Read More

निर्वाचन आयोगद्वारा आजबाट लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी

काठमाडौँ, फागुन १८ । निर्वाचन आयोगले बैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि आजबाट लागू हुनेगरी आचारसंहिता जारी गरेको छ । सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी रुपमा सम्पन्न गर्न जारी गरिएको आचारसहिंता सरकार र मातहतका निकायमा आजदेखि लागू भएको हो। तर निर्वाचनमा उठ्ने उम्मेद्वारहरुका लागि भने बैशाख १६ गते देखि लागू हुने छ । आयोगका अनुसार स्थानीय तह निर्वाचन आचारसंहिता नेपाल सरकार, मन्त्री, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संघसंस्थाका लागि फागुन १८ गतेदेखि र उम्मेदवारका लागि वैशाख १६ देखि लागू हुनेछ । निर्वाचन आचारसंहिता जारी भएपछि सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति र नयाँ योजना तर्जुमा एवं निर्वाचनलाई प्रभावित तुल्याउने गरी बजेट वितरण गर्न पाउने छैन । गाडी प्रयोगमा सीमा निर्धारण आचारसंहितामा उम्मेदवारका लागि सवारी साधन प्रयोग गर्न सीमा निर्धारण गरिएको छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुइटा चारपांग्रे साधन र दुइटा मोटरसाइकलभन्दा बढी प्रयोग गर्न पाइने छैन । त्यसैगरी महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चार पांग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने उल्लेख छ । उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारी साधन र दुइटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने छन् । तर सवारी साधन नचल्ने ठाउँमा बढीमा...

Read More

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन(पूर्ण पाठसहित)

देशवासीका  नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल। काठमाडौँ, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजनीतिक गतिरोध तथा अन्य समसामयिक विषयमा बालेका हुन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् । मतपेटिकाको रुपमा सरकार अव जनताको दैलोमा प्रधानमन्त्री प्रचण्डले आउँदै गरेको स्थानीय तहको निवार्चनको सुरक्षाका लागि कनैपनि कसुर बाँकी नराख्ने बताए । ‘ निर्वाचनको सुरक्षाका लागि कनै किसिमको कसुर बाँकी राखिने छैन, यसका लागि गृह मन्त्रालयले पनि...

Read More

रवीन्द्र मिश्रको दावी – एउटा नयाँ शक्ति आउँछ, त्यसले देश बनाउँछ

रवीन्द्र मिश्र हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्यो । तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन । भ्रष्ट र नष्ट, पात्र र प्रवृत्ति विश्वप्रकाश शर्माजस्ता राजनीतिकर्मी पनि यो देशमा छन् । उनीप्रति धेरै मानिसको श्रद्धा र विश्वाश छ । हिजो झापा आइपुगेपछि एकजना पाका व्यक्तिले विश्वप्रकाशजीको बारेमा टिप्पणी गर्दै भने– विश्वप्रकाश भ्रष्ट चाहिँ बन्न सक्दैनन् । उनको कुरामा मैले थपें– विश्वप्रकाश भ्रष्ट नबने पनि नष्ट हुन सक्छन् । किन त्यसो भनें मैले रु...

Read More