धनगढीमा शान्ति बाल उद्यान निर्माण
फागुन, १३ । धनगढी उपमहानगरको हसनपुरमा करिब तीन दशक अघि निर्माण भई प्रयोगबिहीन र जीर्ण अवस्थामा रहेको बाल उद्यानलाई ‘शान्ति बाल उद्यान‘का रुपमा विकास गरिएको छ । यस क्रममा उद्यानभित्र शान्ति स्मारिकाको रुपमा ‘वाटर फाउन्टेन‘ (पानीको फोहरा) निर्माण गरिएको छ । उक्त स्मारिका शान्तिको प्रतीक परेवालाई एक महिलाले समातेको प्रतिमाको स्वरुपमा निर्माण गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढी शाखाको पहलमा तयार पारिएको गुरुयोजना बमोजिम सो उद्यानको मर्मत सुधार एवम् संरक्षण गरी शान्ति बाल उद्यानको रुपमा बिकास गरिएको हो । उपमहानगपालिका कार्यालयले उद्यानको संरक्षण र विकासका लागि यसअघि निजी क्षेत्रलाई प्रस्ताव गरेको भए पनि कसैले चासो नदेखाएपछि ब्रह्मकुमारी...
Read More