Author: Himalaya Post

एमालेको ‘मेची–महाकाली अभियान’ भोलिदेखि पुनः सुरु हुने

चितवन, फागुन २५ । सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटौँडादेखि सुरु हुने भएको छ । नेकपा (एमाले) चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत र्याली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताए । बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल र्याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत र्याली नदी किनारमा पुगेर सभामा परिणत हुने उनले बताए । सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले र्यालीमा विभिन्न जातजाति, समुदायको...

Read More

मोर्चाको विरोध कार्यक्रम आजपनि जारी, मधेस बन्दले जनजीवन कष्टकर

काठमाडौँ, फागुन २५ । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले बुधबार दोस्रो दिन पनि तराई–मधेसका जिल्ला बन्द गराएको छ । सप्तरीसहित, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बर्दियाका मुख्य बजारमा बन्दको प्रभाव परेको छ । सप्तरीका बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् । मधेसी मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व(पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा प्रदर्शन गर्दै बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताहरुले एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड समेत गरेका छन् । सप्तरी घटनाको विरोधमा आहृवान गरिएको बन्दले दोस्रो दिन पनि रुपन्देहीको भैरहवाको जनजीवन प्रभावित भएको छ ।...

Read More

‘शाकुन्तल’ अब नाटकमा

काठमाडौँ, फागुन २४ । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ । आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन् । विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका हुन् । सो अबसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु अत्यन्तै राम्रो कुरा भएको उल्लेख गर्दै बाल्यकालमा आफूले यस्ता किसिमको अनुभूति गर्न नपाएको बताए। विद्यालयका प्रधानाध्यापक सुधीर झाले यस विद्यालयका विद्यार्थीले देवकोटाको महाकाव्यमा नाटक मञ्चन गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीले...

Read More

प्रजिअ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न माग

लहान, फागुन २४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । मोर्चाको आज राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ । मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबार प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा गरी मृतकका परिवारलाई राहत तथा एकसदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग गरिएको छ । मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नमा जोड दिएको छ । विज्ञप्तिमा सप्तरीमा तीनजनाको मृत्यु हुने गरी भएको घटनामा राष्ट्रिय मानवअधिकार...

Read More

सीडीओ गृहमा बालाइएपछि राजविराजमा कर्फ्यु लगाउने निर्णय ‘खारेज’

काठमाडौँ, फागुन २४ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना गृह मन्त्रालय बोलाइएपछि सप्तरीको राजविराजमा कर्फ्यु लगाउने निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ । सोमबार गोली लागेर तीन जनाको मृत्यु भएको घटनाको विरोधमा मधेसी मोर्चाले विहानैदेखि प्रदर्शन गरेको थियो । बन्दकर्ताले सरकारी कार्यालयहरुमा तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त भयो । लगतै तिम्सिनाले सुरक्षा बैठक बोलाए, जसले अब कर्फ्यु लगाउनु पर्छ भन्ने निष्कर्ष निकाल्यो । कर्फ्यु लगाउने निर्णयको माइन्यूट नहुँदै यो खबर जिल्लास्थित सञ्चारकर्मीहरुलाई दिइयो । डीएसपी स्वयंमले खबर गरेका थिए । तिम्सिना पनि माइन्यूट नहुँदै हिँडे, किनकी प्रधानमन्त्री प्रचण्डले राजविराज घटनाबारे जानकारी लिन काठमाडौं बोलाएका थिए । उनले राजविराज नछाड्दै...

Read More