Author: Himalaya Post

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

बाजुरा– उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताए । घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ । चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ ।...

Read More

आयोगद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताए । आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उनले भने – “वैशाख...

Read More

सहीद गौतमको परिवारलाई एमालेद्वारा ५ लाख सहयोग

कञ्चनपुर– एक साताअघि भारतीय एसएसबीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । एमालेको मेची–महाकाली अभियानका क्रममा आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सहीद गोविन्द गौतमको परिवारलाई ५ लाख राहत रकम एमालेका तर्फबाट उपलब्ध गराउने घोषणा गरेका हुन् । घोषणा लगत्तै एमाले अध्यक्ष केपी ओलीले पाँच लाखको चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई हस्तान्तरण गर्नुका साथै सरकारले सहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे । ।...

Read More

उपप्रधान तथा गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त

नयाँदिल्ली– भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि राजनीतिक भेटघाटमा व्यस्त छन् ।उनको भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा...

Read More

एनसेलको लाभकर विषयमा लेखा समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौँ– संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्ने निर्णय गरेको हो । समितिको बैठकमा आज उपस्थिति भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको तर एनसेलका तर्फबाट आएको निवेदनका विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको बताए। बैठकमा अधिकांश सांसदले मन्त्रिपरिषद्मा सिधै निवेदन कसरी पुग्यो भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने माग गरेपछि बैठक प्रधानमन्त्रीसँग समय लिएर छलफल गर्ने निष्कर्षमा पुगेको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए। अर्थमन्त्री महराले बैठकमा भने, “एनसेलले तिर्नुपर्ने लाभकरका विषयमा क्याविनेटमा प्रस्ताव आएको छैन, कुनै निर्णय भएको छैन, ठाडो प्रस्ताव पनि लगिएको छैन, निवेदन भने प्रस्तुत भएको हो ।” एनसेलको स्वामित्व हस्तान्तरण हुँदा तिर्नुपर्ने करलाई कुनै पनि सर्तमा नछोडिने उल्लेख गर्दै अर्थमन्त्री महराले न्यायसङ्गत रुपमा कर असुल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले आफूप्रति शङ्का नगर्न पनि संसद् समक्ष आग्रह गरे । राज्यले पाउनुपर्ने करलाई चाँडो असुल्न आफूले सम्बन्धित कर कार्यालय एवम् कर अधिकृतलाई एक साताभित्र उक्त विषयको टुङ्गो लगाउन निर्देशन दिएको उनले समितिलाई जानकारी गराए। बैठकमा बोल्ने अधिकांश सांसदले एनसेलको स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने कर छुट दिइन्छ कि भन्ने चिन्ता व्यक्त गर्नुका साथै चाँडो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागी राजस्व सचिव राजन खनालले स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने करका विषयमा विज्ञ समूह बनाएको जानकारी दिँदै चाँडै...

Read More