Author: Himalaya Post

विश्वविद्यालय र ग्लोबल विजयी

काठमाडौँ– युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आजदेखि सुरु भएको टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग र ग्लोबल कलेज आ–आफ्नो खेलमा विजयी भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभागले नेपाल इन्जिनियरिङ कलेज ‘बी’ लाई नौ विकेटले तथा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ ‘ए’ लाई १० विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको उद्घाटन खेलमा टस जितेर ब्याटिङ गर्दै इन्जिनियरिङ कलेज ‘बी’ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनायो । ६९ रनको लक्ष्य पाएको विभागले ७ दशमलव २ आभोरमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो । विभागका लागि राकेश कर्णले ३५, अचल चौधरीले २२ र प्रदीप...

Read More

समानुपातिक समावेशी राष्ट्रिय चरित्र आवश्यक छ : नेता श्रेष्ठ

काठमाडौँ– सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउन समानुपातिक समावेशी राष्ट्रिय चरित्र आवश्यक भएको बताएका छन् । फोरमको काठमाडौँ नागार्जुन नगर समितिको प्रथम एकता अधिवेशनमा उनले देशमा नेपाली काँग्रेस तथा कम्युनिस्ट पार्टीहरूले समाजवादको कुरा गरे पनि सङ्घीय शासनलाई अन्तर मनले स्वीकार नगरेको आरोप लगाए । सहअध्यक्ष श्रेष्ठले नेपालजस्तो मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राणबिनाको शरीर जस्तो भएको बताउँदै सङ्घीय समाजवादलाई सिद्धान्तका रूपमा स्वीकार्ने पार्टीहरूसँग सहकार्य गर्दै पार्टी एकीकरण गरेर अगाडि बढ्ने धारणा व्यक्त गरे। व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नहुँदासम्म यो संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै उनले जबर्जस्ती गरे...

Read More

नेपाली सेनाका जवान सम्पर्कविहीन

खोटाङ – घर बिदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् । सुनसरीको बराह नगरपालिका–५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् । चैत १५ गते हाजिर हुनेगरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र ब्यारेक आइपुग्ने बताएको शेरगण मुडे ब्यारेकले जनाएको छ । चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका ओखलढुङ्गा आइपुगेर टेलिफोन सम्पर्क गरेका थिए । थापाले ओखलढुङ्गा पुगेँ भनेर घरमा सम्पर्क गरेको उनका दाजु गणेशले बताए– “त्यसपछि...

Read More

सिन्धुलीमा २८ हजार मतदाता थपिए

सिन्धुली– सिन्धुलीमा २८ हजार मतदाता बढेका छन् । अहिले जिल्लामा मतदाताको सङ्ख्या १ लाख ६८ हजार २ सय ४७ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए । अबको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र ८२ हजार ९ सय ३८ जना महिलाले मतदान गर्न पाउने भएका छन् ।  सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिका भएपनि निर्वाचन आयोगले मतदान स्थलका लागि नामावली नपठाउँदा कुन मतदान केन्द्रबाट कतिले मतदान गर्नेछन् भन्ने विवरण नआएको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले अद्यावधिक गरिएको मतदाता नामावलीको सूची कार्यालयमा पठाएको...

Read More

सत्तारुढ दल माओवादी केन्द्रको ध्यान स्थानीय तहमा केन्द्रित, तयारी तिव्र

रमेश लम्साल,काठमाडौँ– स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ । माओवादीले ७४४ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई परिचालन गरेर निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको र ‘जनताको घर आँगनमा जाऊँ माओवादी केन्द्रलाई विजयी गराऊँ’ भन्ने नाराका साथ मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको छ । पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार निर्वाचनलाई केन्द्रित गरेर जिल्ला तहमा निर्वाचनका कार्यक्रम अगाडि बढाइएका छन् । स्थानीय आवश्यकताका आधारमा कार्यक्रम अगाडि बढाइएको र आगामी वैशाखको पहिलो साताभित्र उम्मेदवारको टुङ्गो लगाइने छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य देव गुरुङको संयोजत्वमा रहेको...

Read More