Author: Himalaya Post

संरक्षित गिद्धलाई प्रकृतिमा छाडिने

नारायण अधिकारी, चितवन– अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या वढाउन संरक्षण गरी राखिएको गिद्धलाई नयाँ ठाउँमा लगेर प्रकृतिमा छाडिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा खोरमा राखिएकामध्ये ६ वटा पोथी गिद्धलाई नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा यही वैशाख २ गते छाडिँदैछ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो। निकुञ्जको कार्यालय कसरामा यस वर्ष कोरलेका ९ वटा वच्चासहित ५६ वटा गिद्ध रहेका छन्। सन २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो। सरकारले सन् २०१६ देखि सन् २०१९ सम्ममा संरक्षण...

Read More

उपप्रमको वरियता विवादले आजपनि बस्न सकेन मन्त्री परिषद् बैठक

काठमाडौँ– दुई उपप्रधानमन्त्रीको बरियताको टुंगो नलागेपछि आज पनि मन्त्रिपरिषद्को वैठक बस्न सकेन। प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधी र कमल थापाको वरियताक्रम विवाद मिलाउन प्रयास गरेपनि कुरा नमिलेपछि बैठक स्थगित गरी चैत २७ गते बस्ने निर्णय गरिएको छ। प्रधानमन्त्रीले यसबारे उपप्रधानमन्त्रीद्वय निधी र थापाका साथै काँग्रेस सभापति शेरबहादुरसँग कुरा गरेपनि वरियताको विषय टुंगो नलागेको स्रोतले जनाएको छ। केही समयअघि सहभागी भएका राप्रपा अध्यक्ष थापाले आफू निधिभन्दा पहिले उप्रधानमन्त्री भएको भन्दै चैत पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमा दोस्रो वरियतामा आफूलाई राख्न लगाएका थिए। चैत ४ गते दिल्ली भ्रमणबाट फर्किए लगत्तै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाललाई बेग्लाबेल्लै भेटेर निधिले...

Read More

आङ खस्ने समस्या भएका दुई सय महिलाको निःशुल्क उपचार

पर्वत– पर्वत फलेवासको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ । आर्थिक अभावका कारण लामो समयदेखि आङ खस्ने समस्या लुकाएर बसेका महिलालाई लक्षित गर्दै दक्षिण पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने पाठेघर तथा आङ खस्ने रोगबाट पीडित महिलाको उपचार गरिएको हो । ओमेन फर ओमेन फाउन्डेसन काठमाडौँको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा लामो समयदेखि आङ खस्ने रोगबाट पीडित भएपनि आर्थिक अभावले रोग लुकाएर बसेका छ महिलालाको शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरुको मनिपाल शिक्षण अस्पताल र मनमोहन अस्पताल काठमाडौँमा निःशुल्क शल्यक्रिया...

Read More

विदेशी दम्पतीले बनाइदिए स्वास्थ्य चौकी र विद्यालय

गोरखा– ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन् । भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र भोरोनिक लङ्गेन्बेगर दम्पतीले रु ५७ लाख लगानी गरेका हुन् । स्वास्थ्य चौकीमा रु ३५ लाख र कालरात्रि माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा रु २२ लाख लगानी भएको छ । आफूहरु धनी भएर सहयोग गरेको नभई मेला, उत्सवहरुमा पश्मिना बेचेर कमाएको पैसाले स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माण गरेको डा...

Read More

चट्याङले प्रहरी कार्यालयको काम ठप्प !

बझाङ– गएराति परेको चट्याङले जिल्ला प्रहरी कार्यालय बझाङका सम्पूर्ण विद्युतीय सामानमा क्षति पुर्याएपछि कार्यालयको काम ठप्प भएको छ । भारी वर्षासँगै परेको चट्याङले कार्यालयमा भएका इलेक्ट्रोनिक सामानमा क्षति भई काम नलाग्ने भएका छन् । चट्याङले चार थान कम्प्युटर, एक थान जेनेटर, चार थान टिभी, तीन थान राउटर, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले बताए । चट्याङ परेपछि कार्यालयको सम्पूर्ण डाटा राखेको चार थान कम्प्युटरमा क्षति भएकाले काम अघि बढाउन समस्या भएको छ । फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको...

Read More