Author: Himalaya Post

विज्ञ भन्छन् : राष्ट्रपतिको भारत भ्रमणले दुई देशको सम्बन्ध अझै मजबुत बनाउँछ

भरत केसी, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ । नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेकी भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने छिन् । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेछन् भने भ्रमणका...

Read More

शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको छ : गृहमन्त्री

काठमाडौँ– उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएर काम गरिरहेको बताएका छन् । आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले निर्वाचनका लागि सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्रका रुपमा किटान गरी त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको बताउँदै निर्वाचनको सन्दर्भमा स्थानीय तहबाट प्राप्त सुझावका आधारमा जोखिम पहिचान, सुरक्षा विश्लेषण र रणनीति तय गरिएको जानकारी दिए । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई लाख ३१ हजार सुरक्षा फौज खटिनेछन् । गृह मन्त्रालयले सुरक्षा निकायबीचमा समन्वय, चेन अफ कमान्डसहितको सुरक्षा योजना बनाएको छ । गृहमन्त्री निधिले पछिल्लो संविधान संशोधन प्रस्ताव...

Read More

रु दश करोडको कारोबार गर्दै सकियो भक्तपुर व्यापार मेला

भक्तपुर– सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु १० करोडको कारोबार भएको छ । औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी बताए । मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता...

Read More

स्थानीय तह सञ्चालन ऐन ल्याइँदै

काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराए। नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिले ऐनको मस्यौदा तयार भइरहेको बताइएको छ । ‘‘वैशाख महिनाभरिमा ऐनको प्रारम्भिक मस्यौदा बनाइसक्ने छौँ”, उनले भने, “स्थानीय तहको निर्वाचनलगत्तै ऐन ल्याउने तयारीमा छौँ ।” सात सय ४४ स्थानीय तहलाई संविधानले दिएको अधिकार अनुसार ऐन ल्याउन थालिएको हो । पुरानो ऐन खारेज र नयाँ ऐन नआएको बेला स्थानीय तह सञ्चालन आदेशानुसार मन्त्रालयले कामकारबाही सञ्चालन गरेको...

Read More

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन राप्रपाको माग

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलाई सो पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो । त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा यादवलाई ज्ञापनपत्र बुझाइएको थियो । उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भई जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय...

Read More