Author: Himalaya Post

प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडिया– कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गरेका छन् । सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो । दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच बर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ । “नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,” आदेशमा राजाले लेखेका छन् । शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत बर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताएका छन् । दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा...

Read More

मेसी र रोनाल्डोबीचको प्रतिस्पर्धा सकियो ?

एजेन्सी– अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा सकिएको बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले बताएका छन् । रोनाल्डोले रियल म्याड्रिड छोडेर अर्को लिगमा गए पछि दुबै खेलाडीको लिग फरक–फरक भएको भन्दै उनीहरुबीचको प्रतिस्पर्धा सकिएको बताएका हुन् । रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । दुवै खेलाडीको उल्लेख्य प्रदर्शनले एक अर्कालाई कुनै असर नगर्ने भन्दै भाल्भेर्डेले अन्तर्राष्ट्रिय समाचारमा भनेका छन्, ‘लिगनै फरक फरक भए पछि रोनाल्डो र मेसीबीच आजको प्रतिस्पर्धा सकिएको हो ।’ दुवै खेलाडीबीच खेलका दौरान तमाम समर्थकले एक अर्काबीच तुलना गर्ने गरेका छन्...

Read More

एमबाप्पेलाई अनुबन्धन गर्न रियलको कसरत

एजेन्सी– पिएसजीका युवा खेलाडी केलियन एम्बाप्पेलाई क्लब भित्र्याउन रियल मड्रिड लागिपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो यसै सिजन इटालियन् क्लब युभेन्टस गएपछि उनको स्थानमा सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एम्बाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिड लामो समयदेखि व्यस्त देखिएको समाचारमा जनाइएको छ । अघिल्लो सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका फ्रान्सेली स्टार एम्बाप्पेलाई अनुबन्ध गर्न रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै तयार रहेका छन् । एमबाप्पेले पीएसजीका लागि लिग वानको पहिलो खेलमा दुई गोल गरिसकेका छन्। अघिल्लो सिजनमा उनले २४ खेल खेल्दै १३ गोल गरेका थिए । रियलले एम्बाप्पे भित्र्याउनकै लागि रोनाल्डोले छोडेको ७ नम्बर जर्सी...

Read More

अर्नाको प्रजाति विस्तारमा निकुञ्जलाई सफलता

रत्ननगर– कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिएका छन् । “हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,” गैरेले भने । अझै एउटा गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उनको अनुमान रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

Read More

माइक्रो बस बाढीले बगायो, यात्रुले हामफालेर जोगाए ज्यान

सल्यान– छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो । उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ । पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ...

Read More