काठमाडौँ – सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिस गरेको अभियोग लागेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गुरुङ अदालत हाजिर भएका थिए ।


ADVERTISEMENT


आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलासले उनलाई साधारण तारेखमा छोड्ने आदेश गरेको हो।


ADVERTISEMENT

# # #


२०४६ जेठमा काठमाडौंको चाबहिलमा खड्कालाई गुरूङसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो। प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो।

अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पूर्जी असोज ८ गते सांसद गुरूङले बुझेका थिए।