काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले आज बिहान भेटवार्ता गरेका छन्।


ADVERTISEMENT


राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएका थियो । अध्यक्षले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावले नेपाल राम्रो प्रभाव परेको बताए ।


ADVERTISEMENT

# # #


उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्टको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’

विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याउनु पर्नेमा उनको जोड थियो । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओको भनाई थियो ।