काठमाडौँ – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग आगामी कार्तिक अन्तिम सातादेखि हुने भएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका अनुसार प्रतियोगिता कार्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म ९२०१९ नोभेम्बर १२ देखि २३ सम्म० हुने भएको हो।


ADVERTISEMENT


लिग पोखरा क्रिकेट मैदानमा संचालन हुनेछ। यहि मैदानमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेट सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषदको तयारी छ। दक्षिण एसियाली खेलकुद मंसिर १० देखि हुने तय छ।


ADVERTISEMENT

# # #


लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स् र धनगढी ब्लुजको सहभागिता रहनेछ। टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु तथा विदेशका चर्चित खेलाडी आबद्ध हुनेछन्।

गत वर्ष घरेलु टिम पोखरा पल्टन च्याम्पियन भएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा पोखरा प्रिमियर लिग सकारात्मक सन्देश दिन एक माध्यम बन्न सक्नेछ आयोजकको भनाइ छ।

पोखरा प्रिमियर लिगअघि आयोजक क्विन्स इभेन्टले दशैंपछि काठमाडौंमा वुमेन्स च्याम्पियन्स लिग आयोजना गर्दैछ।