काठमाडौँ – दशैँ, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको  बुकिङ आजदेखि खुलेको छ । दशैँमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।


ADVERTISEMENT


गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो । महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैँ र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।


ADVERTISEMENT

# # #


यत्तिका संख्यामा मानिस बाहिरीने भएपछि सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो ।

यस्तै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्नेछ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने छन् ।