चितवन– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।


ADVERTISEMENT

# # #


फरक प्रसंगमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा ९एमाले० पहिलो बन्ने दाबी गर्दै उनले तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताए ।