काठमाडौँ – ‘कबड्डी कबड्डी कबड्डी’ सिनेमाले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ ।


ADVERTISEMENT


आइतबार ‘कबड्डी ३’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस०लाई चेक हस्तान्तरण गरेका हुन्। देशको गौरव आयोजनामा सानो भए पनि सहयोग गर्न पाउँदा खुसी महसुस गरेको दयाहाङ, विल्सन र मणिरामले बताए ।


ADVERTISEMENT

# # #


साथै, यो आयोजनामा सबैलाई सक्दो सहयोग गरिदिन पनि आग्रह गरे ।‘कबड्डी ३’को यो सहयोगको लागि सितारामले कृतज्ञता व्यक्त गरे । उनले यस अभियानमा सबैलाई साथ र सहयोग गर्न पनि आह्वान गरे । २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रंगशालाको अनुमानित बजेट ३ अर्ब माथि रहेको छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ले असोज ३ गते रिलिज हुँदैछ।

जातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा दयाहाङ र विल्सनसँगै कर्मा शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।