काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्डको सचिवालयले दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

वाङ नेपालको तीनदिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।