काठमाडौं – कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा.लि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।