मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित बलिउड फिल्म ‘साहो’ले आक्रामक व्यापार सुरु गरेको छ।


ADVERTISEMENT


फिल्म समीक्षक तरुण आदर्शका अनुसार विभिन्न भाषामा प्रदर्शन भएको फिल्मले भारतभर पहिलो दिन २४.४० करोड रुपैयाँ कमाएको छ। यससँगै साहो पहिलो दिनमा धेरै कमाई गर्ने यस वर्षको तेस्रो फिल्म बनेको छ। यो वर्ष पहिलो दिन धेरै कमाई गर्ने फिल्ममा सलमान खानको भारत (४२.३ करोड) र अक्षय कुमारको मिसन मंगल (२९.१६ करोड) रहेका छन्।


ADVERTISEMENT

# # #


साहो सुपरस्टार प्रभासको बाहुबली पछि प्रदर्शनमा आएको फिल्म हो। फिल्ममा श्रद्धा कपुर पनि मुख्य भूमिकामा छिन्।

बाहुबली फ्रेन्चाइजबाट इन्टरनेशनल स्टार बनेका प्रभासको ‘बाहुबलीः द बिगनिङ्ग’ले संसारभर ६५० करोड रुपैयाँ र ‘बाहुबली २ः द कन्क्लूजन’ले १७९६.५६ करोडको कारोवार गरेको थियो।