काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकणमा मुछिएर सोमबार मात्रै धरौटीमा रिहा भएका न्यूज २४ टेलिभिजनका कार्यक्रमका प्रस्तोता रवि लामिछाने लाई अर्को लफडा आइलागेको छ ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् ।


ADVERTISEMENT


कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेविरुद्ध पत्रकार आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।


ADVERTISEMENT

# # #


लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय गरेको र पत्रकारिता पेशालाई कलंकित पार्ने गरी काम गरेको दाबी गर्दै भण्डारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।

 

लामिछाने सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए ।