एजेन्सी – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डाले अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले आफूलाई उत्कृष्ट खेलाडी बनाएको बताएका छन् । मेस्सीसंगको आफ्नो लामो समयदेखिको प्रतिस्पर्धाले आफूलाई उत्कृष्ट खेलाडी बन्न सघाएको उनले बुधबार स्वीकर गरेका हुन् ।


ADVERTISEMENT


‘यसमा कुनै सन्देह छैन कि मेस्सीले मलाई एक उत्कृष्ट खेलाडी बनाएका हुन् । यो उनको पक्षमा पनि लागू भएको हुन सक्छ ।’ रोनाल्डोले भनेका छन्, ‘जब म ट्रफी जित्छु, उनलाई चुकचुकाहट हुन्छ र जब उनी जित्छन् मलाई पनि त्यस्तै हुन्छ । यो एक उत्कृष्ट व्यवसायिक सम्बन्ध हो ।’


ADVERTISEMENT

# # #


रोनाल्डोले आफु वास्तवमै मेस्सीको करियर र उनको टिमको प्रशंसक रहेको बताए । उनले भने, ‘उनी पनि मैँले स्पेन छोड्दा निराश भएका थिए ।’ रोनाल्डो गत वर्ष स्पेनको क्लब रियल म्याड्रिड छाडेर इटलीको युभेन्टसमा आवद्ध भएका थिए ।

‘हामीले कहिल्यै संगै खाना खाएका छैनौँ ‘

रोनाल्डोले मेस्सीसंग कहिल्यै संगै खाने अवसर नजुरेको बताएका छन् । उनले भविष्यमा यस्तो नहुनेमा आफु आशावादी रहेको बताएका छन् । मेस्सी र आफूबिच स्वस्थ प्रतिस्पर्धा रहेको उनले बताए । रोनाल्डो र मेसी दुबै जनाले ५–५ पटक ब्यालोन डी ओर अवार्ड जितेका छन् ।

‘सन्यासका बारेमा सोचेको छैन’

३१ वर्षीय रोनाल्डोले सन्यासका बारेमा अहिल्यै नसोचेको बताएका छन् । उनले भने, ‘म यसबारेमा सोच्दिनँ । सायद म आफ्नो करियर अर्को वर्ष नै समाप्त गर्न सक्छु वा ४०–४१ वर्षसम्म पनि खेल्न सक्छु ।’ ब्यालोन डी ओर बारे उनले भने, ‘म सँधै भन्ने गर्छु कि हरेक पलको आनन्द लिनुहोस् । यो एक उत्कृष्ट अवार्ड हो । मैँले यसको आनन्द लिन जारी राख्नुपर्नेछ ।’