एजेन्सी – भारत प्रशासित क्षेत्रमा केही हप्तादेखिको तनावका कारण बन्द भएका स्कुल खुल्न थालेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सोमबारदेखि कश्मीरको श्रीनगरमा १९० वटा सरकारी विद्यालयहरु खुलेका छन् ।


ADVERTISEMENT


श्रीनगरस्थित बीबीसी संवाददाताका अनुसार शनिबार सरकारले ८ कक्षासम्मका स्कुल खोल्न निर्देशन दिएको थियो । तर, आइतबार राती केही तनाव बढेपछि पाँच कक्षासम्मका स्कुलमात्रै खोल्न आदेश दिएको थियो ।


ADVERTISEMENT

# # #


पीटीआईका अनुसार स्कुल खेलेपनि विद्यार्थीको संख्या भने न्यून रहेको थियो । काश्मिरका अन्य क्षेत्रमा भने सबै शैक्षिक संस्थाहरु बन्द रहेका छन् भने जम्मूमा सबै खुलेका छन् । भारतले संविधानको धारा ३७० खारेज गर्दै काश्मीरलाई दिइएको सम्वैधानिक विशेषधिकार खारेज गर्ने र जम्मु कश्मीर र लद्याखलाई अलग राज्य बनाउँदै केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो ।

उक्त निर्णय गर्नुअघि त्यहाँका सम्पूर्ण आधारभूत कुराहरु समेत बन्द गराईको थियो । त्यसपछि उत्पन्न हुने त्रासमा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द थिए ।