एजेन्सी – दिल्ली एयरपोर्टमा सोमवार एक व्यक्तिले फोनमा पुलिसलाई भने, ‘एयरपोर्ट बचाउन सक्छौ भने बचाउ ।’


ADVERTISEMENT


साँझ ८:४५ बजे टर्मिनल-2 मा आएको उक्त फोन पछि दुल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा खैलाबैला मच्चियो । फोन आएको केहीबेरदेखि नै राती 10 बजेसम्म दिल्लीका समपुरक उडानहरु रद्द गरियो ।


ADVERTISEMENT

# # #


सुरक्षाकर्मीले चारैतिर चेकजाँच सुरु गरे र केहीबेरमै फोन गर्ने ब्यक्तिको पत्ता लाग्यो । तर, पक्राउ परेका व्यक्तिले भने आफुले फोन गरेको स्वीकार्न तयार भएनन् ।

सोमबार रातिको घटनालाई पुष्टि गर्दै एयरपोर्टका प्रहरी अधिकारीले भने, ‘राति करिब साढे आठ बजे एयरपोर्टको टर्मिनल-२ मा बम राखिएको सूचना दिल्ली पुलिस कन्ट्रोल रुमलाई मिलेको थियो । सूचना दिनेले बताएका थिए कि इन्दिरा गान्धी अंतरराष्ट्रीय विमानस्थलको टर्मिनल-२मा बम राखिएको छ । यदि बमलाई विस्फोट हुनबाट बचाउन सक्छौं भने बचाएर देखाओ ।’

उक्त चेतावनीमूलक सूचनापछि अनुसन्धान र सुरक्षा एजेन्सीले बम डिस्पोज टिम, दमकल बोलाएर अनुसन्धान थाले ।

तर, खोज तथा अनुसन्धानकर्ता केही भेटिएन ।