काठमार्डौं – कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले कृषिको विकासका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताएका छन्।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।


ADVERTISEMENT

# # #


विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंक जाँज ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए । अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै उनले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुनेमा जोड दिए ।

उनले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए । यहाँ बहुदल आइसकेपछि वा राजनीतिक परिवर्तन भएर दलका नेताहरुले नेतृत्व गरिसकेपछिको कृषि पञ्चायतको भन्दा बिगिँदै गयो ।’ उनले भने, ‘तर, यो भनिरहँदा कसैलाई नमिठो लाग्नसक्छ ।’ २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने उनले उल्लेख गरे ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चांयतकालीनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दाबी गरे । सरकारले गरेका अनुसन्धान किसानले बुझ्न सक्ने हुनुपर्ने भन्दै उनले भने, ‘जति अनुसन्धानहरु भएका छन्, ति अग्रजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको छ ।’

मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।