काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताउनु भएको छ ।


ADVERTISEMENT


शनिबार रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता नै राष्ट्रपति भएकोले भूमिका निष्पक्ष हुन नसकेको बताउनु भयो । ुनेपालको राजसंस्था निष्पक्ष र कुनै पनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्छु, अध्यक्ष जबराले भन्नुभयो ।


ADVERTISEMENT

# # #


अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।