काठमाडौँ – महोत्तरीको रामगोपालपुर नगरपालिकाले वर्षा र बाढीले क्षती पुर्याएका सडक पुनर्निमाणका लागि हरेक वडालाई बजेट विनियोजन गरेको छ । नगरपालिकाले आफ्ना नौ वटै वडामा समान ५–५ लाख बजेट छुट्याएको हो ।


ADVERTISEMENT


बाढीले क्षती पुर्याएर नगरपालिका भित्रका सडकमा यातायात प्रभावित बनेपछि तत्काल ममर्तसम्भारका लागि भन्दै नगरपालिकाले बजेट उपलब्ध गराएको हो । विनियोजित रकमबाट सबै वडाहरुमा सडक पुनर्निमाणको काम तत्कालै सुरु हुने नगरप्रमुख अशोक कुमार मण्डलले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


सडक मर्मतपछि नगरवासीहरु लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।