मोरङ – हत्या गर्ने योजनासहित नेपाल आएका एकजना भारतीय पक्राउ परेका छन् । भारत सितामढी घर भएका १९ वर्षीय कुनाल कुमारलाई प्रहरीले विराटनगरको मेट्रोसिटी होटलबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले कुनालबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्यागजिन र ८ राउण्ड गोली समेतच बरादम गरेको छ ।
भारतबाट उक्त हतियार र गोली सहित साथी राज कुमारसँगै बिराटनगर आएका कुनाल र विराटनगर महानगरपालिका-८ बस्ने मन्नु गुप्ता समेतले सोही ठाउँका एक व्यक्तिलाई मार्ने योजना बनाएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यसका लागि उनीहरुले सर्लाही बस्ने हरिनारायण झा र भारत सितामढी बस्ने राकेस झा समेतलाई परिचालन गरेको अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानको क्रममा कुनाल तथा मन्नु गुप्ता र हरि नारायण झालाई समेत जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनीहरुलाई हातहतियार तथा खरखजाना ऐन तथा संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान गरी हाल अभियोजनको लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको सो कार्यालयले जनाएको छ