काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा आगामी मंसिर १४ गते शनिबार गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री केपी ओलीसँग उपनिर्वाचनबारे छलफल गरेका थिए । राजनीतिक दलसँग छलफलपछि आयोगले बिहीबार उपनिर्वाचन मंसिर १४ गते गर्न सरकारलाई परामर्शसहित सिफारिस गरेको थियो । आयोगका अनुसार देशभर तीनै तहमा गरी ५० स्थान रिक्त रहेका छन् ।