बुटवल– कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार गोली प्रहार भएको छ । बिहीबार दिउँसो जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीय नेता रामनयन यादवमाथि गोली प्रहार भएको हो ।


ADVERTISEMENT


कपिलवस्तु प्रहरीका अनुसार वडा नं.५ देवपुर स्थायी घर भएका यादवमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए । जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ स्थित सुसरिया पुल नजिकै दिउँसो १ बजेतिर गोली प्रहार भएको हो । पाखुरामा गोली लागेका उनको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।