काठमाडौँ – प्रभु बैंकले पर्वत र कास्कीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा नयाँ शाखा सञ्चालन गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यालयहरुमध्ये सोमबार डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले उद्घाटन गरेका छन् भने यस्तै बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले गरेका छन् ।

आजदेखि सञ्चालनमा आएका प्रभु बैंकका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीले समुद्घाटन मन्तव्य राख्दै प्रभु बैंकले बैंकिङ्ग सेवाको पहुँचबाट बाहिर रहेका ठाउँमा आफ्ना शाखा सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरे ।