काठमाडौ – स्कुल विभागको कुरा नमिलेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बसेको बैठक कुनै निर्णय नगरेरै टुंगिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले विभाग लगायतका विषयमा छलफल गर्नेगरी बैठक स्थगित गरिएको बताए । उनले भने, ‘विभाग, आयोग, समिति, प्रतिष्ठानमा कार्यविभाजनका लागि हरेक पक्षसँग सरसल्लाह गर्ने र ठोस प्रस्ताव तयारी गरि साउन २९ गते बस्ने बैठकमा पेस गर्ने र त्यसमा छलफल गर्ने भनेर बैठक स्थगित भएको छ ।’


ADVERTISEMENT

# # #


स्कूल विभागमा मात्र किन विवाद देखिएको छ भनि पत्रकारको जिज्ञासमा उहाँले विभागहरुमा कार्यविभाजनको विषयमा छलफल चलिरहेको छ, कुनै सहमति भएको नभएको बेला एउटा स्कूल विभागमा मात्र कुरा मिलेको छैन भनि भन्न नमिल्ने प्रतिकृया दिए ।

अध्यक्षद्धय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गरी विभिन्न ३२ वटा विभाग, आयोग, समिति र प्रतिष्ठानका लागि गृहकार्य गरी यसअघि बसेको सचिवालयको बैठकमा पेस गरेका थिए । तर स्कूल विभागमा कुरा नमिलेपछि कार्यविभाजनको टुगों लागेको थिएन । स्कूल विभागका लागि नारायाणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दावी गर्दै आएका छन् ।