काठमाडौँ – मनसुनी न्यून चापीय रेखा तराईमा अवस्थित रहेकाले केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुनः सक्रिय भएको छ । आजदेखि दुईदिनसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


न्यून चापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले आज देशको धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभुती पोखरेलले बताइन् ।


ADVERTISEMENT

# # #


मनसुनी ट्रफ घरी तल घरी माथि भइरहने हुनाले नेपालमा मनसुन सक्रिय भएकाले वर्षा हुने मौसमविद् पोखरेलले भनिन् ।

सम्भावित वर्षाका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले आज चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तुका खोला र नदीमा बाढी आउन सक्नेछ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ८ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

साउन ९ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ ।

साउन १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

राती : देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ ।