काठमाडौं – सिंगापुरमा जारी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।


ADVERTISEMENT


सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


यद्यपी पछिल्लो समयमा पानी रोकिएको छ । पानी रोकिए सँगै मैदान सुकाउने प्रयास भइरहेको छ । यदि पानी नपर्ने हो भने आधा घण्टा भित्र टस हुने बताइएको छ । तर, खेल भने छोट्याउने छ ।

खेल १५ ओभरको हुने छ । ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई आज जित्नैपर्ने दबाब रहेको छ । तर, कप्तान पारस खड्का ढाडको समस्याका कारण अस्वस्थ भएपछि मैदान उत्रने छैनन् ।

पारसको अनुपस्थितिमा नेपाललाई जित्नैपर्ने खेलमा झन दबाब बढेको छ । हिजो कतारसँग पराजित भएको नेपालको आज खेल नहुने हो भने अघिल्लो चरणको सम्भावना लगभग समाप्त हुनेछ ।