काठमाडौँ – प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुविधालाइ मोवाइल मार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन सञ्चालनमा ल्याएको छ । बैँकले ‘प्रभु इजी फेरेक्स’ सञ्चालन गरेको हो ।


ADVERTISEMENT


अहिले बैँकसम्मै पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झण्झटिलो तथा लामो प्रकृयालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि उक्त एप्लिकेसन सञ्चालनमा ल्याएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘प्रभु इजी फेरेक्स’ अहिलेलाई मोवाइल एप हाल ‘प्लेस्टोर’ मा उपलब्ध रहेको छ । चाँडै नै ‘एपस्टोर’मा पनि उपलब्ध गराइने बैँकले जनाएको छ । उक्त एप्लीकेसन मार्फत वैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाइ बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सकिने बैँकले बताएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैँकको काउण्टरवाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ ।