काठमाडौँ – कामना सेवा विकास बैंकले म्याग्दी र नवलपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले म्याग्दीको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा शुक्रबार शाखा सञ्चालन गरेको हो ।


ADVERTISEMENT


यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए । यस्तै बेल्डिहा शाखाको गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ९६ वटा शाखा कार्यालयहरु तथा ४५ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।