काठमाडौं – ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ । हरेक हप्ता प्रधानमन्त्रीलाई लिएर गरिने कार्यक्रम एक वर्षा पुगेको अवसरमा बन्द भएको छ ।


ADVERTISEMENT


जनतासामू प्रभावकारी नभएको प्रतिक्रिया आइरहेका बेला बुधबार कार्यक्रम बन्द गरिएको घोषणा गरिएको हो । हरेक बुधबार राती ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक बर्षमा कार्यक्रम ५० अंक प्रशारण भयो । यस्तै अन्य टेलिभिजनमा पनि कार्यक्रम प्रशारण हुने गरेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रमका सञ्चालक मनोज पाण्डेले एक होटेलमा कार्यक्रमको आयोजना गरी कार्यक्रमबाट बिदा लिएको बताए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनतासमक्ष पुर्याउन सहज भएको बताए ।

उनले यस कार्यक्रम मार्फत देशको आकांक्षा,सरकारका उपलब्धी र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताएका छन् । “यस कार्यक्रम मार्फत देशको अवस्था,सरकारका उपलब्धी,सडक यातायातको चर्चा, राष्ट्रिय आकांक्षा पुरा गर्ने दृष्टिकोण प्रष्तुत गरेका छौं” प्रधानमन्त्री ओलीले भने ।