काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले संसलमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् ।


ADVERTISEMENT


देशभर शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिररोले पुर्याएको क्षती र राहत तथा उद्दारका विषयमा छलफल गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले प्रतिािनधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस र राजपाले संसदका पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरेर बाढीपहिरोका सम्बन्धमा छलफल गर्न माग गरेका छन् । नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र पुष्पा भुषाल गौतमले सांसदहरुलाई उद्धार, राहत र पुनर्स्थापनामा संलग्न गराउने प्रस्ताव गरेका हुन् ।