एजेन्सी – भारतीय कांग्रेसका नेता तथा सेलिब्रेटी नवजोत सिंह सिद्धुले मन्त्री पदबाट राजीनामा दिएका छन् । आइतबार ट्वीट गर्दै उनले पञ्जावको मन्त्रीबाट राजीनामा दिएको बताएका हुन् ।


ADVERTISEMENT


सिद्धुले गत जुन १० मा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई चिठी लेख्दै मन्त्रीबाट राजीनामा दिने बताएका थिए । सिद्धुको राजीनामाको समाचार आएसंगै उनलाई कपिल शर्मासंग जोड्न थालिएको छ । उनलाई चाँडै ‘द कपिल शर्मा शो’ मा देख्न पाइने सामाजिक सञ्जालप्रयोगकर्ताले विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


गत फ्रेब्रअरीमा पुलवामा हमलापछि दिएको अभिव्यक्तीलाई लिएर सिद्धुलाई कपिल शर्मा शोको ‘जज’बाट निकालिएको थियो । तरपनि, उनले चुनाव नजिक आएकाले पार्टीलाई समय दिनुपर्ने भएकाले बाहिरिएको बताउँदै आएका छन् । सिद्धु बाहिरिएसंगै कपिल शर्मा शोमा अर्चना पूरन सिंहले उनको भूमिका निभाउँदै आएकी छन् ।