रौतहट । देशैभर बाढी पहिरोको कहरले आम जनमानसको ज्यान जाने र घरसम्पत्ति बिनास भईरहँदा नेपाली काँग्रेसका साँसद मोहम्मद अफताव आलमले जनताको जीउधनको रक्षा गर्न र तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् ।


ADVERTISEMENT


रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित साँसद आलमले पानी झरी र बाढी पहिरोको संवेदनशील अवस्थामा सावधानी अपनाउन सबैमा आग्रह समेत गरेका छन् । सांसद आलम आफ्नो क्षेत्रको बाढी प्रभावित जनताहरुको घरदैलोमा पुगेर दुखमा साथ दिने भन्दै नआत्तिन सबैलाई बिश्वस्त बनाईरहेका छन् ।


ADVERTISEMENT

# # #