काठमाडौँ – बिहीबारदेखिको लगातार वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो देशभर बाढी पहिरो परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । यस्तै १५ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा ३ जनाको मृत्यु भएको छ । घरको पर्खाल भत्किएपछि एकै परिवारका २ महिलासहित एक बालकको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका थिए ।

यस्तै काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको मृत्यु भएको छ । यस्तै रामेछापमा पनि पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् ।

यस्तै खोटाङ्गको खोटेहाङ्ग गाउँपालिकामा पहिरोमा परी घर पूरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय भने बाहिर आइसकेको छैन । यस्तै मकवानपुरमा १ जना बालिका र भोजपुरमा २ जनाको मृत्यु भएको छ ।  यस्तै बाढी पहिरोमा परी १४ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।