काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न आग्रहसहित भारतीय दूतावासले सरकारलाई पठाएको पत्रबारे आफूलाई झुक्याइएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौमा भएको ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई गुमराहमा राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन, दिइएन ।’ उनले थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको बताए ।

साथै उनले भारतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने चेतावनी दिएका छन् । ‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछुु । खोज्दैछु ।’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु ।’

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताए ।

भारतले पत्र पठाएको समाचार आएपछि पनि प्रधानमन्त्री ओलीले गत असार २१ गते नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा भारतबाट पत्र आएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए। प्रधानमन्त्रीको टिप्पणी लगत्तै भारतीय पक्षले नेपाललाई पठाएको पत्र सार्वजनिक गरिदिएको थियो।