काठमाडौं – नेपाली कांग्रेसले भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ता मारिएको घटनाको यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । विज्ञप्ति जारी गरी कांग्रेसले बुधबार विहान भएको भोजपुर घटनाको सत्य तथ्य विवरण सार्वजनिक गर्न माग गरेको हो ।


ADVERTISEMENT


विप्लवको हिंसात्मक गतिविधिजस्तै सरकारको निषेधको रणनीति पनि गलत भन्दै कांग्रेसले सरकारले प्रतिबन्ध लगाएछि नै विप्लवका गतिविधि चर्किन थालेको दावी गरेको छ


ADVERTISEMENT

# # #


सत्तारुढ र विद्रोही दुबै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोथरीले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतमा होली नखेल्न हामी चेतावनी दिन चाहन्छौं’ प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।

यस्तै कांग्रेसले विप्लव नेतृत्वको नेकपा र सरकारलाई शान्ति र क्रान्तिका नाममा रगतको होली नखेल्न चेतावनी दिएको छ । कांग्रेसले भनेको छ, ‘सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं ।’

साथै कांग्रेसले जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको जगेर्नाका लागि दुबै पक्ष गम्भीर बन्न सुझाएको छ ।